आर्थिक प्रमुख समाचार

आरती बिल्डिङ हब प्रालीमा अब घर निर्माणको सम्पूर्ण सामग्री उपलब्ध

काठमाडौं । विगत १९ वर्षदेखि अनवरत रुपमा निर्माण क्षेत्रमा सक्रिय कम्पनी आरती एण्ड कम्पनीले ग्राहकलाई एउटै छानामूनि सबै प्रकारका निर्माण सामग्री उपलब्ध गराएको छ ।


आरती बिल्डिङ हब प्रालीमा अब घर निर्माणको लागि सम्पूर्ण सामग्री राखिएकाले अब ग्राहकले सामग्री खोज्न भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको आरती बिल्डिङ हब प्रालीका प्रबन्ध निर्देशक टिका बहादुर देउलाले बताए । उनका अनुसार आरती एण्ड कम्पनी र आरती प्रिफ्याव इन्ड्रस्टिज नेपालमाथि ग्राहकको विश्वासका कारणले पनि यसको भातृ शाखा विस्तार गरिएको हो ।

काठमाडौंको बुढानिलकण्ठस्थित हात्तीगौडा, नेपाल टेलिकमको कार्यलयसंगै रहेको आरती बिल्डिङ हब प्रालीमा घर बनाउने, जग खन्ने, पीग, साबेल, बालुवा, रोडा, सिमेन्ट, छड, टायल सेनेटरी, धारा, पेन्टीङ कलर, पर्दा, कार्पेट, बिजुलीको समान, हार्डवेयर, झ्याल , ढोकालगाएत सम्पूर्ण सामग्री पाइन्छ । साथै घर तथा कार्यलय निर्माणको लागि कामदार समेत उपलब्ध गराउन मद्दत गरिने प्रबन्ध निर्देशक देउलाको भनाइछ ।