खेलकुद

यूईएविरुद्ध नेपालको विशाल जित

काठमाडौं । यूईएविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले विशाल जित हात पारेको छ । नेपालले यूएईलाई १४५ रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालको ओडिआई इतिहासमा यो सबैभन्दा ठूलो जित हो । २४३ रनको लक्ष्य पाएको यूएईलाई नेपालले १९ ओभर ३ बलमा ९७ रनमा अलआउट गर्दै ऐतिहासिक जित हात पारेको हो । 

नेपालको जितमा रोहित पौडेल, सोमपाल कामी र सन्दीप लामिछाने नायक बने । 

सोमपालले ओडिआई करिअरकै उत्कृष्ट बलिंग गर्नेक्रममा ५ विकेट लिए । उनले ६ ओभर ३ बलमा एक मेडनसहित ३३ रन दिएर ५ विकेट लिए । सोमपालले यूईका शुरुआती ४ ब्याट्सम्यानलाई आउट गरे भने अन्तिम ब्याट्ुसम्यान जहुर खानलाई क्याच आउट गराउँदै नेपाललाई एतिहासिक जित दिलाए । 

यस्तै सन्दीप लामिछानेले ४ विकेट लिए । उनले यूएईको मध्यक्रम ध्वस्त बनाउने क्रममा एकै ओभरमा ३ विकेट लिएका थिए । यस्तै एक जना ब्याट्सम्यान कप्तान मोहम्मद नाभेद भने रनआउट भए । 

यसअघि संकटमा परेको नेपाली ब्याटिंगलाई रोहितले उकासेका थिए। सबैभन्दा कम उमेरमा अर्धसतक बनाउने विश्वकीर्तिमान बनाएका रोहितले ५८ बलमा ५५ रनको योगदान दिएका थिए । ११३ रनमा ५ विकेट गुमाएको अवस्थामा ब्याटिंग थालेका रोहितले आरिफ शेखसँग मिलेर नेपालको स्कोर १९३ पुर्याएका थिए । 

२४३ रनको लक्ष्य पछ्याएको यूएईको ब्याटिंग लाइन ध्वस्त भएको छ । सोमपालले ध्वस्त बनाएको यूएईको ब्याटिंग लाइन सन्दीप लामिछाने तहसनहस पारेका छन् । सन्दपीले एउटै ओभरमा तीन विकेट लिँदै यूएईलाई तहसनहस पारेका हुन् ।

उनले खेलेको १५ औं ओभरमा यूएईका ३ जना ब्याट्सम्यानलाई आउट गरे । उनले ओभरको दोस्रो बलमा रिजवानलाई एलबीडब्ल्यू, तेस्रो बलमा फहद नवाजलाई पनि एलबीडब्ल्यू धरापमा पारे । अनह्याट्रिकमा रहेका सन्दीपले चौथो र पाँचौ बलमा भने विकेट लिन सकेनन् । ओभरको अन्तिम बलमा उनले अमिर हयातलाई बोल्ड गर्दै एउटै ओभरमा ३ विके लिए । 

इनिंगको पहिलो ओभरमा विकेट लिएका सोमपालले शनिबार उत्कृष्ट बलिंग गरेका छन् । उनले यूएईको माथिल्लोक्रम धराशायी बनाउने क्रममा यो सामाचार तयार पार्दासम्म ४ विकेट लिएका छन् ।

सोमपाल कामीले पहिलो सफलता दिलाउने क्रममा पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीलाई आउट गरेका छन् । सुरी गोल्डेन डक भए । उनलाई सोमपालले बोल्ड गरेका थिए । यस्तै सोमपालको अर्को शिकार बने गुलाब शब्बर । उनले गुलामलाई आरिफ शेखको हातबाट क्याच गराए ।

यसपछि पनि सोमपालको तुफान रोकिएन । उनले तेस्रो शिकार गर्नेक्रममा साइमन अनवरलाई शून्यमा एलडिडब्ल्यू धरापमा पारे । अनवर ९ बल खेलेर शून्यमा आउट भएका हुन् । असिपछि खतरनाक देखिएका अस्फाक अमहदलाई आफ्नै बलमा क्याच गर्दै सोमपालले चौथो शिकार गरे । अस्फाक १७ बलमा २० रन बनाएर सोमपालको शिकार बने । 

यसअघि दुबईस्थित आईसीसी मैदानमा जारी यूएई र नेपालबीचको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४२ रन बनाएको छ ।

इनिंग्सको अन्तिम बलमा चौका प्रहार गर्दै सन्दीप लामिछानेले नेपालको स्कोर २४२ पुर्याएका हुन् । लामिछाने १० बलमा १४ रन बनाएर नटआउट रहे भने ललित राजवंशी ३ रनमा नटआउट रहे । 

नेपालका लागि रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिंग गर्दै करिअरको पहिलो ओडिआई अर्ध सतक बनाए । उनले संकटमा परेको टीमलाई उकास्नेक्रममा ५८ बलमा ७ चौको मद्दतमा ५५ रनको उत्कृष्ट इनिंग खेले ।

११३ रनमा ५ विकेट गुमाएको अवस्थामा मैदानमा आएका रोहितले आरिफ शेखसँग ८२ रनको साझेदारी गरेका थिए । यही साझेदारीकै कारण नेपालले चुनौतीपूर्ण स्कोर खडा गरेको हो । आरिफले पनि ४९ बलमा २९ रन बनाएर रोहितको राम्रो साथ दिएका थिए । रोहित र आरिफको जोडीले ११३ रनमा ५ विकेटको अवस्थाबाट नेपालको स्कोर १९३ सम्म पुर्याएका थिए । 

यी दुई जना आउट भएपछि मैदानमा करण केसी देखिए । उनले ११ बलको छोटो इनिंग्समा १८ रनको आकर्षक ईनिंग खेले । उनले एकै ओभरमा २ छक्का प्रहार गरेका थिए । नेपाली इनिंगमा लागेका दुई छक्का करणकै ब्याटबाट निस्किएका हुन् । 

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले बलियो ओपनिंग गर्दा पनि त्यसलाई पूँजिकृत गर्न सकेन। ६१ रनको स्कोरमा पहिलो विकेट गुमाएको नेपालले ११३ रनको स्कोरसम्म पुग्दा ५ विकेट गुमाएको छ ।

नेपालले पाँचौ विकेटका रुपमा कप्तान पारस खड्काको विकेट गुमाएको हो । पारसले ३१ बल खेलेर २१ रन बनाए ।  लामो समयपछि ५० रनको ओपनिंग पार्टनरसिप गरेको नेपालले ९ रनको अन्तरालमा दुबै ओपनरलाई गुमाएको छ । त्यसपछि केही आकर्षक शर्ट खेलेका दिपेन्द्र सिंह ऐरी पनि आउट भएका छन् । ऐरी दुई चौकाको मद्दतमा १० रन बनाएर आउट भए । यसपछि चौथो विकेटका रुपमा पवन सर्राफ आउट भए । उनले १० रन बनाएका थिए ।  

टस जितेर ब्याटिंग रोजेपछि नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र विनोद भणडरीले ओपनिंग गरेका थिए । मल्ले ६१ बलमा ४४ रनको योगदान दिए भने भण्डारीले ४६ बलमा २१ रन बनाए ।

यो जितसँगै नेपालले तीन खेलको जित्ने अवसर पनि बनाएको छ । सोमबार नेपालले अन्तिम ओडिआई खेल्नेछ । त्यसपछि नेपालले तीन खेलको टी ट्वान्टी सीरिज खेल्नेछ