जीवनशैली प्रमुख समाचार

गंगामाया बनिन् १२ वर्षमै आमा

काठमाडौं २०७५ पौष २ । केहिसमयअघि सामाजिक सञ्जालसंगै सञ्चारमाध्यममा भाइरल बनेकी १२ वर्षिया गर्भवती बालिका गंगामाया चेपाङले शिशू जन्माएकी छन् । काठमाडौंको थापाथलीस्थित प्रसूतिगृहमा बुधबार दिउँसो करिब सवा ३ बजे उनले छोरी जन्माएकी हुन् । शारीरिक अंगहरुको राम्रोसंग विकास नभएको भन्दै उनको शल्यक्रिया गरी शिशु जन्माइएको हो । मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–३, औलेकी गंगामाया चेपाङले २ किलो सय ग्रामको शिशू जन्माएकी हुन् । उनी र शिशूको स्वास्थ्य अवस्था समान्य रहेको छ । उनी गर्भवती भएको जानकारी पाएपछि एक महिनाअघि उनलाई मकवानपूरबाट प्रधानमन्त्री कार्यालयल आफ्ना पहलमा थापाथलीस्थित प्रसुतिगृह लगेको थियो उनी राक्सिराङ–३, पलाँसेस्थित स“र्योदय माविमा कक्षा–४ मा पढ्दै थिइन् । तर मामाघर जाने क्रममा कैलाश गाउँपालिकाको भार्ताका कक्षा ३ मा पढ्ने रञ्जितसँग माया बसेपछि २०७४ पुस ८ गते उनीहरुले भागी बिहे गरेका थिए ।